• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

२ वर्षपछि साथीको हत्यारा पक्राउ

  • खबरदाता

२ वर्षपछि साथीको हत्यारा पक्राउ

कातिक १०, २०७८ । साथीको हत्या गरी फारार भएका एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका १ फुलबारीका २४ वर्षीय जय सिँगार रहेका छन् । उनी सहित उनका साथीहरु मिलेर उदयपुर कटारी नगरपालिका २ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने मुर्तीको काम गर्ने ३३ वर्षीय हरी खड्कालाई मारेको आरोप थियो ।

खड्का २०७६ साउन २८ गते मृत अवस्थामा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका ९ गुहे पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सिँगार सहित कुमार थिङ भन्ने मान कुमार थिङ सहितका व्यक्तिहरुले खड्का लाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई विभिन्न मितिमा महानगर अपराध महाशाखाबाट पक्राउ गरि आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको र उक्त घटनाको निरन्तर अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहि फरार रहेका सिँगार पक्राउ परेका हुन ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७८, बुधवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८