कार्तिक १०, २०७८ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पदबाट राजीना दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री हुन योग्यता पुग्ने प्रदेश सभा सदस्यहरुलाई उक्त दावी पेश गर्न आह्वान गर्दै बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।
हालसम्म नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा राखेर दावी पेश गर्ने तयारीमा गठवन्धन रहेका छन् ।
प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले आज राजीनामा दिएकी थिइन् ।
१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि एमालेको ४३ जना मात्रै सांसद छन् ।
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८