कार्तिक १०, २०७८ । नेपालमै एक महिलाले चार जना बच्चा जन्माइएकी छिन् । उनी पाल्पा जिल्ला माथागढी गाउँपालिका १ चिदीपानीकी २४ वर्षीय सीता सार्की हुन् ।
कार्तिक ६ गते अस्पताल भर्ना भएकी उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म दिएकी हुन् ।
उनी कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शल्यक्रिया मार्फत सुत्केरी गराएको उनको पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८