• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमती प्रदेशमा ढल्यो एमाले सरकार


बागमती प्रदेशमा ढल्यो एमाले सरकार

चितवन । बागमती प्रदेश सरकारमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अहिलेका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सरकार गठनको बाटो सरल भएको हो ।
शाक्यले आज प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेको केहीबेरमा उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा दिएकी थिइन् ।
नेकपा एमाले टुक्रिएर नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि उनले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् ।

१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि एमालेको ४३ जना मात्रै सांसद छन् ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्न भने वाँकी रहेको छ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७८, बुधवार ०९:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८