• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीश र बार बिच के भयो सहमति ?

  • खबरदाता

प्रधानन्यायाधीश र बार बिच के भयो सहमति ?

 

कात्तिक ७, २०७८

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीकबीचको आइतबार भेटघाट भएको छ । प्रधानन्यायाधीशमाथि उठेका विविध प्रश्नहरुको बारेमा छलफल भएको बताइएको छ।

आइतबार ११ बजे देखि करिब ३ घन्टा बजेसम्म अहिलेको विवादबारे जबरा र बार पदाधिकारी बीच छलफल भएको थियो।

प्रधानन्यायाधीशसामू मन्त्रिपरिषद्‌मा भागबण्डा खोजेको, न्यायालयको सुदृढिकरणको विषयमा पहल नलिएको, पेसी तोक्ने विषयमा रहेका कमजोरी हटाउन नखोजेको लगायतका विषयमा छलफल भएको बारले जनाएको छ। छलफलका क्रममा मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको भन्ने आरोप मात्र भएको भनेको बताइएको छ।

प्रधानन्यायाधीश जबरासँगको छलफलबाट केही निष्कर्ष ननिस्केपछि बारले फुलकोर्टसँग छलफलको तयारि गरेको छ। अब के गर्नेभन्नेमा भोलि फुलकोर्टसँग छलफल गरेपछि मात्र तय हुने बारको भनाइ छ।

आइतबारको प्रधानन्यायाधीश र बारका पदाधिकारीको भेटमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने सहमति भने भएको बताइएको छ।

बारका पदाधिकारीले सोमबार साढे १ बजे फुलकोर्टसँग छलफल गर्ने समय तय भएको छ ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७८, आइतवार ११:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८