• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश १ मा एमाले सरकार अझै एक साता रहने

  • खबरदाता

प्रदेश १ मा एमाले सरकार अझै एक साता रहने

 

कात्तिक ७,२०७८

नेपाली काङ्ग्रेस र नेकपा एमालेको माग अनुसार आइतबार बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएपछी मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु एक साता लम्बिएको छ।

आइतबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सम्मका लागि बैठक स्थगित भएको जनाएका हुन।

प्रदेश सभा सचिवालयले आइतबार बोलाएको बैठक कांग्रेस र एमालेको माग बमोजिम स्थगित गरिएको जनाएको छ। प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा भनिएको छ, “प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को मिति परिवर्तन गरी पाउन लिखित अनुरोध भई आएका कारणले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम मिति २०७८/०७/०७ का लागि निर्धारण गरिएको कार्यसूची बमोजिम नै हुने गरी मिति २०७८ साल कात्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने व्यहोरा माननीय प्रदेश सभा सदस्यहरूको जानकारीका लागि माननीय सभामुखज्यूको आदेश अनुसार यो सूचना प्रकाशित गरिएको छ।”

यसअघि ५ कात्तिकमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव टेबुल गरेका थिए। त्यस दिन पनि सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए। आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची रहेको थियो।

तर, कांग्रेस र एमालेले बैठक रोक्न माग गर्दै पत्र पठाएका हुन्। सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न माग गरेको थियो।

  • प्रकाशित मिति : कात्तिक ७, २०७८, आइतवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८