• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काङ्ग्रेसले प्रदेश १ मा किन रोक्यो संसद बैठक ?

  • खबरदाता

काङ्ग्रेसले प्रदेश १ मा किन रोक्यो संसद बैठक ?

 

कात्तिक ७,२०७८

नेपाली काङ्ग्रेसले प्रदेश सभा बैठक रोक्न माग गरेको छ।

काङ्ग्रेसले  प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आइतबारका लागि रोक्न माग गर्दै निवेदन दिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ का जिल्ला निरीक्षण रहेको भन्दै कांग्रेसले आजका लागि बैठक स्थगित गर्न माग गरेको जनाएको छ । तर त्यसो नभइ कांग्रेसले भावी मुख्यमन्त्रीमा भाग खोज्दै त्यस विषयमा छलफल गर्न बैठक स्थगित गर्न माग गरेको बुझिएको छ।

सत्ता गठबन्धनभित्र बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री नेकपा ९एकीकृत समाजवादी० लाई दिने सहमति भएको बताइए पनि प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे ।

 

उनले गठबन्धनप्रति आफुहरु प्रतिवद्ध रहेको बताएका छन। एमाले नेतृत्वको सरकारलाई जोगाउन काङ्ग्रेसको कुनै पनि भूमिका नरहने बताउँदै प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आलोपालो गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताएका छन।

यसबारे थप छलफल गर्नका लागि नै काङ्ग्रेसले आइतबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो।

  • प्रकाशित मिति : कात्तिक ७, २०७८, आइतवार ०८:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८