कात्तिक ६,२०७८
नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा युवा संगठित हुने लहर चलेको छ । एकीकृत समाजवादी पार्टी गठन भएको एक महिना पुरा भई दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा पार्टीमा निर्माण कार्यमा अभूतपूर्व उत्साह देखिएको हो।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा (एमाले) मा उत्पन्न व्यक्तिवादी अहंकारवाद, निरंकुुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध विद्रोह गरी पार्टीको गठन भएको प्रवक्ता खतिवडाले भने ,९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त भएयता पार्टीको बैठक, कमिटी गठन, विस्तार, सहि जिम्मेवारीका कारणले यस पार्टीमा आकर्षक भएका हुन् ।
पार्टी गठन भएपछि केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न हुनुका साथै सम्पूर्ण प्रदेश तथा प्रदेश स्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् ।
केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन् । केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका नेताहरुको छनौट गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले जनाएका छन् । सबै जनसंगठन, पेशागत तथा सामुदायिक संगठनहरुको विभिन्न तहका कमिटीहरु गठन, पुनर्गठन तथा रुपान्तरणका काम जारी रहेको छ । पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसंगठनसहित विविध पेशागत तथा सामुदायिक संगठनका इञ्चार्ज तथा सह–इञ्चार्जहरु तोक्ने काम सम्पन्न भएको छ ।
देशका ७३ वटा भौगोलिक जिल्ला र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरु गठन भएका भईसकेको खतिवडाले जनाएका छन् । भौगोलिक जिल्ला कमिटीमध्ये गठन गर्नका निम्ति तय भएका कार्यक्रमहरु पछिल्लो समयको वर्षा, बाढी, पहिरो र सडक दुर्घटनाको श्रृंखला बढेका कारण स्थगित भएको जनाइएको छ।
अहिले संघीय तथा प्रदेश स्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रियाले तीव्रता दिईएको उनले जनाएका छन् । यस्तै विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चहरुको गठनकार्य जारी छ ।
देशबाहिर विभिन्न प्रवास कमिटीहरु गठन भइरहेका छन् । यद्यपि, ती कमिटीलाई औपचारिकता दिनका लागि देशबाट पुग्नुपर्ने नेताहरुको विविध व्यस्तताका कारण सम्भव भइरहेको छैन । चाडपर्व र प्राकृतिक विपत्तिको व्यवस्थापनपछि ती कार्य सम्पन्न हुने उनले जनाएका छन् ।
‘पार्टी गठनको यो रफ्तार केन्द्रीय कमिटीको पहिलो बैठकमा प्रस्तुत कार्ययोजनाले अनुमान गरेभन्दा छिटो गतिमा अगाडि बढेको हो । पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’
पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रुपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन बुलेटिनका रुपमा ‘कलम’ को प्रकाशन तयारी जनाउँदै उनले त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाएका छन् ।
विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको र यी सबै कामलाई केही दिनभित्र एक विशेष कार्यक्रमका बीच शुरुवात गर्ने योजना पार्टीले बनाएको छ ।
प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनले गरेको खतिवडाले जनाएका छन् । तर एमालेले दुबै प्रदेशका सरकार अल्पमतमा परिसके भए पनि निकृष्ट सत्तालिप्सा प्रदर्शन गर्दै विश्वासको मत लिने प्रक्रिया टार्न सभामुखसँग मिलेमतो गरेको आरोप एकीकृत समाजवादीको छ ।
‘एमालेले यस्तो अनैतिक तथा घृणित कार्यशैली नत्यागे पनि प्रचलित कानुन, संसदीय परम्परा र मान्यताअनुसार ऊ केही दिनमै ती प्रदेश सरकारबाट सत्ताच्युत हुने निश्चित छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८