• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले भित्र १० बुँदेमा फेरि लफडा

  • खबरदाता

एमाले भित्र १० बुँदेमा फेरि लफडा

कात्तिक ६,२०७८

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयले हलचल मच्चाएको छ ।पार्टीलाई विभाजनबाट रोक्न हतारहतार १० बुँदे सहमति गरिएको थियो । उक्त सहमतिले पार्टी विभाजनलाई रोक्न नसके पनि माधवकुमार नेपालको पक्षमा लागेका भीम रावल लगायतका १० जना नेताहरुलाई भने पार्टीमै फर्काउन सकेको थियो ।

समय बित्दै जाँदा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको बाजा पटकपटक बजाइराख्न आवश्यक नभएको अभिव्यक्ति दिएपछि कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै फरक मत सहित उपाध्यक्ष रावले कार्यदलबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेपछि रावलले राजीनामा दिएका हुन्।

पार्टीमा आफ्नो भूमिका के हुने भन्ने विषय गौण रहेकेमा पनि रावललाई चित्त बुझिरहेके थिएन । रावल सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुपर्ने भए पनि लेखराज भट्टलाई अध्यक्ष ओलीले जिम्मेवारी दिएका छन्। सहमति कार्यान्वयन गर्ने विषयमा विवाद बढ्दै जाने हो भने पुनः पार्टी विभाजनको खतरा निम्तिन सक्छ।

पार्टीको अन्तर्विरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो।दश बुँदेमा पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने उल्लेख छ।तर, अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई माधव नेपालको लागि मात्रै थियो जसरी व्यवहार गर्न थालेका छन् ।

अध्यक्ष ओलीले एकताको सन्देश जाने गरी प्रस्तुत हुन आग्रह गरे पनि वडा र पालिका अधिवेशनको अगाडि बल्झिएको विवादले एमालेको आन्तरिक राजनीति तरंगित भएको छ । १० बुादे कार्यान्वयन गरेर जानुबाहेक अर्को विकल्प नभएको नेताहरूले बताएका छन् । वडा अधिवेशनको पूर्वसन्ध्यामा एमालेमा पुनः विवाद बल्झिएको हो ।

कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन तय गरीएको छ । एमालेको असन्तुष्ट पक्षले वडा अधिवेशन र पालिका अधिवेशन हतारमा गर्न नहुने बताए पनि अध्यक्ष ओली सुने नसुनेझै गरेर बसेका छन् । वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण मानिन्छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७८, शनिवार ०१:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८