• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बैंकहरुलाई राष्ट्र बैंकको २४ घन्टे अल्टिमेटम

  • खबरदाता

बैंकहरुलाई  राष्ट्र बैंकको २४ घन्टे अल्टिमेटम

कात्तिक ३,२०७८

नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन निर्देशन दिएको छ। मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो।

निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले बजारमा तरलता अभाव भएकोभन्दै बजारबाट निक्षेप तानातान गर्न थालेपपछि राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ब्याजदर घटाउन भनेको हो । बैंकहरुले निक्षेप तानातानमा मुद्दीती खातामा १० प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७८, बुधवार ०१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८