कात्तिक ३,२०७८
लगातार परेको बर्षाको असर प्रदेश १ मा पनि परेको छ।
प्रदेशका सबै जिल्लामा मंगलबार साँझ देखि विद्युत सेवा ठप्प भएको छ।
सोमबारदेखि परेको अविरल वर्षाका कारण प्रदेश १ मा विद्युत आपूर्ति गर्ने सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ । जसका कारण मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा पुर्णरुपमा विद्युत आपूर्ति बन्द भएको छ ।
सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत आपूर्ति हुने लाइन काटिएको प्राधिकरणले जनाएको छ।
बाढी पसेर सबस्टेसन डुबानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १ का जिल्लाहरुमा ब्ल्याक आउट भएका छन।
सबस्टेसनको नियन्त्रण कक्ष डुबे पनि मुख्य उपकरणमा क्षति नपुगेको तर लगातार बर्षा भएमा उपकरणहरूमा ठूलो क्षति पुग्ने देखिएको छ । यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुनसक्ने प्राधिकरणले जनाएको छ ।
दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८