• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेमा को बन्ला वरिष्ठ उपाध्यक्ष र महासचिव ?

  • खबरदाता

एमालेमा को बन्ला वरिष्ठ उपाध्यक्ष र महासचिव ?

असोज २५,२०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशन आउन करिब डेढ महिना बाँकी रहँदा पार्टीको बरिष्ठ उपाध्यक्षदेखि महासचिव बन्न नेताहरुको दौडधुप बढेको छ ।

अध्यक्ष पछिको प्रभावशाली पद बरिष्ठ उपाध्यक्ष र महासचिव पाए पार्टीको नेतृत्व गर्ने अवसर समेत प्राप्त हुन सक्ने भएकाले धेरैको आकांक्षीको ध्यान त्यसैतर्फ केन्द्रित छ । एमालेले विधान अधिवेशनबाट ७० वर्षे उमेरहद लागू गरेपछि उपाध्यक्षदेखि महासचिवसम्मका नेतालाई झस्काएको छ ।

केपी शर्मा ओलीले अध्यक्षमा दोहोरिने चाहना राखेपछि दोस्रो तहका नेताहरुले उनलाई टक्कर दिने आँट गर्न सकेका छैनन्। बरिष्ठ उपाध्यक्षको दौडमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापाले दावी गरेका छन् । उपाध्यक्ष भीम रावल समेत वरिष्ठ उपाध्यक्षको मोहमा छन् । तर अध्यक्ष ओलीले जसलाई साथ दिन्छन् उसैले जित्ने निश्चित जस्तैछ ।

युवा पुस्तालाई प्राथमिकता दिनुपर्ने पक्षमा नेतृ अष्टलक्ष्मी शाक्य रहेकी छिन् । नयाँ सोच र भिजनका साथ अहिलेको अवस्थामा पार्टीलाई अगाडि बढाउन सक्ने खालको मानिसको आवश्यकता पर्ने उनको भनाई छ।बरिष्ठ उपाध्यक्ष पछिको शक्तिशाली पद महासचिवका लागि पनि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

अध्यक्ष ओलीकै समूहबाट शंखर पोखरेललाई महासचिवको बलियो दाबेदारको रुपमा हेरिएको छ। उनी अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् । उपमहासचिव घनश्याम भुसाल तथा सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि महासचिवको दौडमा रहेका छन् । ओली पक्ष एकलौटी रुपमा अघि बढ अध्यक्षदेखि केन्द्रीय सदस्यसँग समूह बनाउने तयारीमा छ।

विचार, सिद्धान्त,नीति र संगठन बोक्नका लागि को कहाँ बस्नुपर्छ भनेर छलफल गरियो भने विवाद धेरै नहुँने उपमहासचिव भुसाल बताउँछन् । एमालेले विधान अधिवेशनबाट ७० वर्षे उमेरहद लागू गरेपछि उपाध्यक्षदेखि महासचिवसम्मका नेतालाई झस्काएको छ । १० औं महाधिवेशनबाट उनीहरु जसरी पनि नेतृत्वमा आउन चाहन्छन् ।

  • प्रकाशित मिति : असोज २५, २०७८, सोमवार ००:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८