आज ६.०७ प्रतिशतमा संक्रमण।
असोज २१,२०७८
चितवन । पछिल्लो एकै दिनमा १२७९ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ६१ हजार १५४ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ९१ हजार ३९२ र एन्टिजेन प्रबिधिबाट ९० हजार ५४७ जना संक्रमीत पुगेका छन।
देश भर ८५८९ को पिसिआर परिक्षण गर्दा ७३० र ५१४७ जनाको एन्टिजेन परिक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो । आज चितवनमा १८ संक्रमित निको भए।
आज थप ९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९६ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८