परिक्षण मध्ये ८. ०८ प्रतिशतमा संक्रमण
असोज २१,२०७८
चितवन । आज चितवनमा २७२ जनाको नमुना परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९ , रत्ननगर २ र कालिमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा १२ जनाको आइसियुमा छन। जसमध्ये ५ जनाको भेन्टिलेटर र २२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४६३ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ३ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ४२० पुगेको छ । आज चितवनमा १८ जना संक्रमीत निको भए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८