• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा सुरु भयो औद्योगिक पाठशाला

  • खबरदाता

चितवनमा सुरु भयो औद्योगिक पाठशाला

 

असोज २१, २०७८

चितवन उद्योग संघमा नेपालमै पहिलो औद्योगिक पाठशाला कक्षको उद्घाटन गरिएको छ । भरतपुर महानगरप्रमुख रेनु दाहालले बिहिवार उक्त पाठशालाको उद्घाटन गर्दै स्थानीय सरकार सधैँ निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताइन् ।

उद्योग संघमा स्थापना भएको पाठशाला कक्षले नयाँ र दक्ष उद्योगी स्थापना गराउन सहयोग पुग्ने बताउँदै मेयर दाहालले उद्योग संघकै कारण महानगरको राजश्व १ अर्व पुगेको बताइन् । उनले भनिन्,“महानगर कायमै हुन १ अर्ब राजश्व पुग्नै पर्दथ्यो । जुन लक्ष्य उद्योग संघको महत्वपूर्ण सहयोगले लक्ष्य हासिल गरेर पनि माथि पुगेका छौँ । ”

चितवनमा रहेका १२ सय उद्योगहरु मध्ये ५० प्रतिशत बढि महानगरभित्र रहेको भन्दै पाठशालाको भरपुर प्रयोग गर्न पनि उनले आग्रह गरिन । आजनै वेवसाइटको समेत उद्घाटन गरिएको छ । वेवसाइट निर्माणको कार्य पूरा हुन भने तीन महिना लाग्नेछ ।

भरतपुर महानगरपालिकाको विशेष सहयोगमा पाठशालाको निर्माण गरिएको अध्यक्ष राजु पौडेलले जानकारी दिए । यो अभ्यास नेपालमै पहिलो भएको उनको दाबि छ । पाठशाला स्थापनापछि मानसिक सम्पतीको विकास गर्न थप टेवा पुग्ने अध्यक्ष पौडेलको भनाई थियो ।

एसी सहितका तीन वटा व्यस्थित तालिम हल पाठशालामा रहेका छन् । कुनै औपचारिक पाठ्यक्रम नभई अनुभविहरुबाट तालिम र शिक्षा प्रदान गर्ने उद्देश्य रहेको संघले जानकारी दिएको छ ।
कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरी, उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।

५६ लाखको लागतमा पाठशाला निर्माण भएकोमा ७० प्रतिशत भरतपुर महनगर र ३० प्रतिशत उद्योग संघको लगानी रहेको छ । वेवसाइट १४ लाख १६ मा बन्ने र ९० प्रतिशत महानगर र १० प्रतिशत संघले व्यहोर्नेछ । वेवसाइट निर्माण पूरा हुन ३ महिना लाग्ने छ भने पाठशालाका लागि तालिम हलहरु पूर्ण तयारी अवस्थामा रहेको र पाठ्यक्रम निर्माण गरी संचालन गरिने संघका कार्यकारी निर्देशक गणेशप्रसाद तिमिल्सेनाले जानकारी दिए।

  • प्रकाशित मिति : असोज २१, २०७८, बिहीवार १०:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८