• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

हटाइए धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना

  • खबरदाता

हटाइए धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना

 

असोज १९,२०७८

सरकारले धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई हटाएको छ।

शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए। मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री शर्माको प्रस्तावलाई स्वीकृत गरेको हो।

अध्यक्ष ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको पाइएको थियो।

समितिले गरेको सिफारिशका आधारमा मंगलबार ढुंगानालाई बर्खास्त गरेको थियो।

उनलाई २०७६ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार १६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८