असोज १९, २०७८
मंगलवार दिउसो १२ः५० बजेको समयमा बाघले आक्रमण गर्दा हराइरहेका युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाका अनुसार बाघले आक्रमण गरेको स्थानदेखि १०० मिटर भित्र शव फेला परेको हो । उनले भने,“शव छिया छिया पारेको अवस्थामा फेला परेको छ । बाघको आक्रमणले मृत्यु भएको पुष्टि भयो ।”
खैरहनी १३ कुमरोज सामुदायिक बन भित्र घाँस दाउरा गर्ने क्रममा सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको थियो । सूचना पाएलगत्तै ८ वटा हात्ती सहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले खोजि गरेको थियो ।
दिउसो साँढे २ बजेको समयमा सव भेटिएको हो । मुचुल्का तयार पारी सव पोष्टमार्टमाका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको थापाले बताए ।
वैधानिक तरिकाले प्रवेश गरेको खण्डमा या मानव वस्तीमा बाघनै प्रवेश गरेर कसैको मृत्यु भएमा कानूनी प्रावधान अनुसारको मृतकका परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८