असोज १९, २०७८
आज राजनीतिक दलको विरोध प्रदर्शन कहाँ ? चौविसकोठीमा । संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गर्ने , कहाँ ? चौविसकोठीमा । रक्तदान गर्ने चौविसकोठी ।
कुनैपनि साना देखि ठूला दलको कोण सभा गर्ने स्थान चौविसकोठी । त्यतिमात्रै नभएर रातदिन विरामी लिएर एम्बुलेन्स दौडने सडक पनि त्यही चौविसकोठी ।
तर किन वेवास्ता गरिदैछ त्यहाँको सडक मर्मतमा ? सवैतिर खाल्डैखाल्डा, पानी पर्नासाथ बाटो देख्न पनि हम्मेहम्मे । उत्तिकै ट्राफिक जामा । तर पनि मर्मतमा कुनैपनि निकायको चासो पुगेको छैन।

लामो समय कालोपत्रे भत्कीएर खाल्डाखुल्डी भएको चौविसकोठीमा अझै मर्मत नभएको हो । चितवनको मुख्य बजार भरतपुर र यसको पनि मुख्य चोक चौविसकोठीमा सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ ।
कार्यक्रम, भेला,जुलुस गर्नुपरे त्यही केन्द्रीत हुने कतिले अहिलेसम्म आवाज समेत उठाएका छैनन् । तर चारैतर्फ सवारी चलाउने उक्त ठाउँमा सडकनै भत्कीएपछि दुर्घटनाको ठूलो जोखिम बढेको हो ।
दसैँ पर्व नजिक आउँदापनि सडक मर्मत नहुँदा स्थानीयले आक्रोश पोखेका छन् ।
यता सडक डिभिजन कार्यालय भरतपुर चितवनका प्रमुख बाबुराम सापकोटाले चौविसकोठी लगायत राजमार्ग र अन्य मुख्य सडकहरुको खाल्डाखुल्डी पुर्न ठेकेदार कम्पनीहरुलाई भनिसकेको बताए । आज भोलि ससना खाल्डाखुल्डी पर्नुकाम भइरहेको भन्दै सकेसम्म चौविसकोठीका लागि असफाल्ट नै राखेर मर्मत गर्ने बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८