असोज १९, २०७८
खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर चयन भएका छन् । खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र को मंगलवार ललितपुरमा सम्पन्न साधारण सभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चुनिएका छन् ।
xत्यस्तै सदस्यहरुमा हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतम चयन भएका छन् भने दुई सदस्य पछि मनोनयन गरिने केन्द्रले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८