असोज १५, २०७८
जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड १९ महामारीको रोकथाम तथा निन्यत्रण सम्वन्धमा नयाँ आदेश जारी गरेको छ । शनिवारदेखि लागू हुनेगरी जारी गरेको आदेशमा सवै क्षेत्रमा सुरक्षा मापदण्ड अपनाउनका लागि सम्पूर्ण जनसमुदायलाई आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको आदेशमा सबै प्रकारका सभा, जुलुस,महोत्सव नगर्ने तर गर्नेपर्ने भए प्रशासनसँग पूर्वअनुमति लिएर जनस्वस्थ्यको मापदण्ड पालना गराउने सुनिश्चितता गरी गर्न पाउने उल्लेख छ ।
मठमन्दिरमा पनि भीडभाड नहुने गरी दैनिक नित्य कर्महरु यथावत रुपमा गर्न पाइने उल्लेख गरिएको छ ।
चाडवाडमा यात्रा गर्दा भीडभाड हुने भएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै निश्चित सिट संख्यामा मात्रै मास्क र सेनिटाइजरको प्रयोग गरी यातायात सचालन गर्न गराउन भनिएको छ ।


गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८