• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आजबाट एमालेको विधान महाधिवेशन

  • खबरदाता

आजबाट एमालेको विधान महाधिवेशन

असोज १५, २०७८

नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु,यस्तो छ पार्टी तयारी र अबस्थारु
आजबाट एमालेको बिधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । विधान महाधिवेशन एमालेले पहिलो पटक गदैछ । यो भन्दा पहिला महाधिवेशन गरेर राजनीतिक ,सांगठनिक र विधान पास गर्ने र त्यसपछि नेतृत्व चयन गदै आएको थियो ।

तर यो पटक भने एमालेले असोजमा विधान महाधिवेशन र मंसिरमा नेतृत्व चयनको लागि महाधिवेशन गर्ने छ । पहिलो पटक आयोजना गरेको महाधिवेशनको नाम ‘विधान महाधिवेशन’ दिएको छ ।

यस महाधिवेशनमा राजनीतिक,सांगठनिक र विधानका माथि बहस छलफल हुने एमालेले जनाएको छ । विधान महाधिवेशनको तयारी एमालेले सकेको कार्यालय सचिव शेरबहादुर तामाङ बताउँछन।

स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन कमिटी छ । व्यवस्थापन समितिमा कृष्णगोपाल श्रेष्ठ, पासाङ शेर्पा, खिमलाल भट्टराई, सुशीला नेपाल, विनोद श्रेष्ठ, सुजिता शाक्य सदस्य र शेरबहादुर तामाङ रहेका छन् । तामाङ व्यवस्थापन समितिका सचिव हुन । एमालेको विधान महाविधेशनमा ५ हजार भन्दाबढी प्रतिनिधि,प्रवेक्षक सहभागी हुने तामाङको भनाइ छ।

जिल्ला,निर्वाच क्षेत्र, केन्द्रीय कमिटी, विभाग, निकाय सबै कमिटी मिलाएर पाँच हजार भन्दा बढी सहभागी हुने अनुमान एमालेको छ।

एमालेको विधान महाधिवेशनमा सिङगो केन्द्रीय कमिटी , केन्द्रीय विभाग, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी पदाधिकारी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत सहभागी हुने तामाङले बताए ।

भदौ ९ गते एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा९एकीकृत समाजवादी० बनेको छ । एमाले विभाजन पछि पहिलो पटक राष्ट्रिय स्तरको कार्यक्रम हुँदैछ

सम्पूर्ण प्रतिनिधि पर्यवेक्षकहरु र स्वयंसेवकहरुलाई बस्नको लागि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा व्यवस्था गरीएको छ । हलमा सबै नअटाएपनि बाहिर पनि व्यवस्था गरेको छ तामाङले बताए ।

एमालेले प्रतिनिधि पनि संघीयता, समावेशीका आधारमा प्रतिनिधि छनौट गरेको छ । सामावेशीका आधारमा महिला दलित,जनजातिको सहभागीता रहने एमालेले जनाएको छ । एमाले अहिलेसम्म भूगोल र जनसंगठन र पेशागत आधारमा बढी चलेको थियो ।

सबै तर्फबाट महाधिवेशनमा ५ हजार भन्दा बढी सहभागी हुनेछन् । दुई हजार भन्दाबढी हलबाहिर बस्ने विधान महाधिवेशन हुने हलमा तीन हजार जतिलाई बस्ने व्यवस्था भएको छ ।

जसमा करिब तीन हजार कुर्सी लगाइएको छ । तर प्रतिनिधिहरु र पर्यवेक्षकहरु पाँच हजार भन्दा बढी हुने भएकाले दुई हजार भन्दा बढीलाई बाहिर कुर्सीको व्यवस्था गरेको एमालेले जनाएको छ ।

जुन हलको दायाँबायाँ व्यवस्था गरेको छ । हरेक दिन ११ बजेबाट कार्यक्रम सुरु हुने विधान महाधिवेशनमा देशभरी र प्रवासबाट सहभागी हुने प्रतिनिधिहरुलाई ११ बजे कार्यक्रम उद्घाटन हुने र त्यसपछिका कार्यक्रमहरु पनि ठिक ११ बजेबाट सुरु हुने जानकारी दिएको छ ।

कार्यक्रम सहि समयमा सुरु गर्नको लागि सहभागीहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय छुट्याएको तामाङले जानकारी दिए । त्यसको लागि समयमा नै कार्यक्रम स्थलमा पुग्नु पर्छ भनेर सबैलाइ जानकारी दिइएको छ।

विधान महाधिवेशनमा सहभागी हुनेहरुले बिहानको खाना र दिउसोको नास्ता कार्यक्रम स्थलमा नै खाने छन् । तर रातीको खाना र बस्ने व्यवस्था सम्बन्धित प्रदेश कमिटीको जिम्मामा दिएको छ । प्रतिनिधि र पर्यवेक्षककाको राती बस्ने र खानाको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने एमालेले जनाएको छ।

  • प्रकाशित मिति : असोज १५, २०७८, शुक्रवार ०१:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८