• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पक्राउ पर्न थाले युटुवर


पक्राउ पर्न थाले युटुवर

असोज १३, २०७८ ।

महिलाको चरित्र हत्या हुने गरी भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेको छ ।

महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता युटुवमा प्रसारण गरेको आरोपमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलका मोरङका ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका दोलखाका २४ वर्षीय रोधन तामाङलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

  • प्रकाशित मिति : असोज १३, २०७८, बुधवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८