असोज १३, २०७८ ।
चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटमा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय युवा सघं नेपाल भरतपुर महानगरपालिका–१६ न. वडा कमिटीको आयोजनामा असोज १६ गतेदेखि प्रतियोगिता हुन लागेको हो।
नेपालीहरुको महान् पर्व विजया दशमी, शुभदिपावली र छठ पर्वको अवसर पाररे प्रतियोगिता आयोजना गर्न लागिएको युवा सघंको वडा कमिटीले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेश खेलकुद विकास समितिका अध्यक्ष प्रल्हाद प्रधानले स्वास्थका लागि र राष्ट्रका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउदै १६ न. युवा सघंको कमिटीले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताले लामो समय बन्दाबन्दीले खेल क्षेत्रमा पारेको असरलाई कम गर्न मद्दत गर्ने बताए।
राष्ट्रिय युवा सघं नेपाल भरतपुर महानरपालिकाका अध्यक्ष सुविन न्यौपानेले वडाकमिटिले आयोजना गरेको फुटबल प्रतियोगिताले युवा वर्गमा आपसी एकता तथा सम्बन्ध सुदृढ गर्ने र खेल प्रेमीलाई प्रोत्साहन गर्ने बताए।
खुल्ला नकआउट प्रतियोगितामा करिव २१ भन्दा बढी टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष निर्मल गुरुङल जनाएका छन् । प्रतियोगितामा सहभागी हुन ४ हजार ५ सय फि तिर्न पर्ने बताउदै अध्यक्ष गुरुङले युवाहरूलाई जागरुक गर्न र युवाहरूमा आपसी सद्भाव बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
राष्ट्रिय युवा सघं वडाकमिटीको आयोजना र ढड्डाघारी युथ क्लबको सहआयोजनामा गर्न लागेको प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र उत्कृष्ट खेलाडी १ जनाले १० हजार जित्न सक्नेछन्। १० दिन सम्म चल्ने प्रतियोगिता शिवघाट स्थित भगेरि थान चौरमा ३ बजेबाट सुरु हुनेछ भने प्रतियोगिताको व्यवस्थापन राष्ट्रिय युवा सघं महानगर कमिटीले गर्ने छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८