• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चार जिल्लामा अझै अन्योल काँग्रेस महाधिवेशन

  • खबरदाता

चार जिल्लामा अझै अन्योल काँग्रेस महाधिवेशन

असोज १३, २०७८ ।

 

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चार जिल्लामा अझैपनि महाधिवेशन कहिले हुने टुंगो लाग्न सकेको छैन ।

धेरै जिल्लामा गाउँ नगर अधिवेशन सकिदा पनि ती चार जिल्लाका क्रियाशील सदस्यतहरुको नामावली काँग्रेसले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। क्रियाशील सदस्यतामा धाँदली भयो भनेर संस्थापन इतर पक्षले आरोप लगाइरहदा सप्तरी,रौतहट, बारा र रसुवा जिल्लामा भने क्रियाशील सदस्यहरुको नामावली नै सार्वजनिक हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले दिएको जानकारी अनुसार १२ वटा जिल्लामा अझै महाधिवेशन सुरु हुन नसकेको हो । ती मध्ये चार जिल्लामा त क्रियाशील सदस्यनै सार्वजनिक गरिएको छैन।

१२ जिल्लामध्ये आठ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली केन्द्रीय कार्यालयमा आएर थन्किएको यादवले बताए । चाँडै वेवसाइटमा राख्नेगरी छलफल भइरहेको उनको भनाई छ ।

उनका अनुसार ६५ जिल्लामा गाउँ नगर अधिवेशन सकिएको छ । कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन् । बाँकी जिल्लामा दशैंअघि पालिका अधिवेशन सम्पन्न भइसक्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले २१ हिमाली जिल्लामा भने दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । तर गाउँनगर अधिवेशन सकिएका जिल्लाहरुको प्रदेश सभा क्षेत्रीय अधिवेशन,प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन,जिल्ला अधिवेशन र प्रदेश अधिवेशन कहिले हुने भन्ने वारे अन्योल कायमै रहेको छ ।

  • प्रकाशित मिति : असोज १३, २०७८, बुधवार ०८:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८