• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुख्यमन्त्री राउतले पाउलान विश्वासको मत !

  • खबरदाता

मुख्यमन्त्री राउतले पाउलान विश्वासको मत !

असोज १३, २०७८ ।
केन्द्रमा भएको सत्ता गठबन्धनको धक्का प्रदेशमा पनि देखा परेका छ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चोइटिएको जनता समाजवादी दल दुई टुक्रा भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको छ ।

उनले असोज २० गते विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असोज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । उनको दल जसपासँग ३९, सत्तामा सहभागी कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद छन् ।

प्रदेश २ मा कुल १ सय ७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारवाही गरेपछि अहिले १ सय ४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । केन्द्रदेखि प्रदेशसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेकाले मुख्यमन्त्री राउतले प्रदेशसभामा सहजै विश्वासको मत लिन सक्छन् ।

  • प्रकाशित मिति : असोज १३, २०७८, बुधवार ०८:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८