• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

कलकत्ता र मुम्बई चौथो स्थानको होडबाजीमा

  • खबरदाता

कलकत्ता र मुम्बई चौथो स्थानको होडबाजीमा

 

असोज १३,२०७८

यस सत्रको आइपिएलमा कलकत्ता नाइट राइडर्स र मुम्बई इन्डीयन्स बिच चौथो स्थानका लागि प्रतिस्पर्धा जारी रहेको छ । चेन्नाइ सुपर किङ्स, दिल्ली क्यापिटल र रोयल च्यालेन्जर बंगलोर प्ले अफ प्रवेश गर्ने लगभग निश्चित भई सकेको छ ।

मङ्गलवार भएको खेलमा कलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटललाई ३ विकेटले हरायो भने मुम्बईले पन्जाब किङ्सलाई ६ विकेटले हरायो ।
१२८ रनको लक्ष्य पाएको कलकत्ताले १० बल बाँकी रहँदा ७ विकेटको क्षतीमा १३० रन बनायो ।

कलकत्तालाई जित दिलाउने क्रममा नितिस रानाले अविजित ३६ तथा सुनिल नारायणले १० बलमा २१ रन जोडे । बलिङमा चार ओभरमा १८ रन खर्चेर दुई विकेट समेत लिएका उनी म्यान अफ द म्याच घोषित भए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले नौ विकेटको क्षतीमा १२७ रनको झिनो योगफल खडा गरेको थियो । दिल्लीका लागि ऋषभ पन्तले ३९, स्टेभन स्मिथले ३९ र शिखर धवनले २४ रन जोडे । कलकत्ताका लुक्की फर्गुसनले दुई ओभरमा १० रन खर्चेर दुई तथा बैकटेस ऐयारले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिए ।
अर्को खेलमा १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले ६ बल बाँकी रहँदा चार विकेटको क्षतीमा १३७ रन जोड्यो । मुम्बईका लागि सौरभ तिवारीले ४५ तथा हार्दिक पाण्डेले अविजित ४० रन प्रहार गरे किरोन पोलार्डले अविजित रहँदै सात बलमा १५ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतीमा १३५ रनको योगफल खडा गरेको हो । पन्जाबका आइडन मकरामले २९ बलमा ४२ रन जोडे । एक ओभर बलिङ गरेर आड रन खर्चिँदै दुई विकेट समेत लिएका किरोन पोलार्ड म्यान अफ द म्याच घोषित भए । कलकत्ता १० अङ्क सहित तालीकाको चौथो तथा मुम्बई समान अङ्क लिएर पाँचौँ स्थानमा छन् ।

  • प्रकाशित मिति : असोज १३, २०७८, बुधवार ०२:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८