काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गाउँ र नगरका निर्वाचन सकिएका छन् । यो वीचमा संस्थापन र इतर पक्षका को कसका धेरै आए भन्ने गठजोड सुरु भएको छ । अधिवेशनका धेरै पक्षहरु वाँकी हुँदै शीर्ष नेताहरु असन्तुष्टी पोख्न थालिसकेका छन् । संस्थापन इतर पक्षले अधिकाँश जिल्लामा धाँदली भएको आरोप लगाउदै आएका छन् ।
केपी शर्मा, असोज १२, २०७८ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन धाँदली रहित हुन नसकेको काँग्रेस नेता अर्जुननरसिँह केसीले बताएका छन् । सो असन्तुष्टी पोख्न उनी नुवाकोट काँग्रेस सभापति सहित मंगलवार चितवन आइपुगेका थिए ।
प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा काँग्रेसको महाधिवेशनमा देखिएको व्यतिथिप्रति उनले खरो रुपमा असन्तुष्टी प्रकट गरेका थिए ।
काँग्रेसको इतिहासमा ११ सय बढी सुरक्षाकर्मीको प्रयोग गरेर महाधिवेशन गरिएको यो नै पहिलो भएको भन्दै उनले पार्टी कब्जा गर्न संस्थापन पक्षले यसो गरेको आरोप लगाए । पार्टी सभापति शेरवहादुर देउवाप्रति इगित गर्दै नेता केसीले पार्टीभित्र सांगठनिक शक्ति भन्दा गिरोह शक्ति हावी देखिएकोले सुधारवादी काँग्रेसहरु एक जुट भएर यो महाधिवेशनमा गिरोह शक्तिलाई परास्त गर्नुपर्नेमा उनले जोड दिए । डडेल्धुरामा सुरक्षाकर्मी लगाएर गरिएको पार्टीको चुनावप्रति उनले आक्रोश पोख्दै सो कुरा बताएका हुन । उनले भने,“सत्ता कब्जा गरेर पार्टीको सत्ता पनि हत्याउने प्रयास संस्थापन पक्षबाट भइरहेको छ ।”
आफूलाई सुधारवादी पक्ष भन्न रुचाएका नेता केसीले आगामी सभापतिमा सवैकाबीच सहमति गराउने प्रयासमा आफू लागेको बताए । यदी सहमति नभएमा आफू काँग्रेसको केन्द्रीय सभापतिमा दावेदारी रहेको उनको भनाई थियो । उनले भने,“संस्थापन पक्ष वाहेक रहेका हामी सुधारवादीहरुवीच सहमति गराउने प्रयास मेरो जारी छ । यदी सो कुरा सम्भव भएन भने मेरो उम्मेदवारी सभापतिका लागि रहनेछ । ”
संस्थापन पक्षले काँग्रेस महाधिवेशनलाई विचारविहीन निर्वाचनमा ढालेको केसीको आरोप थियो । उनले भने,“काँग्रेसको क्रियाशील सदस्य हुनलाई प्रकृयागत हिसावले वडावाटै सिफारिस भएर आउनुपर्ने प्रावधान छ । तर एकैरातमा ११ सय बढि क्रियाशील सदस्यहरु कहाँ बाट थपिए ?यसबाट थाहा हुन्छ पार्टी विधि विचार भन्दापनि व्यक्तिबाट संचालन भइरहेको छ । ”
न अहिले विधिको पालना भएको छ न केन्द्रीय कार्यसमितिको निर्णयलाइ अपनाइएको छ नेता केसीले भने, “यहाँ त ठाउँ ठाउँमा कब्जा गर्दै पार्टीको शक्ति आफ्नालाई मात्रै हस्तान्तरण गराउने खेल भएको छ ।”
महाधिवेशनप्रति गम्भिर विमति जनाउँदै हिमाल पहाड तराई भनेर किन विभाजित गरियो उनले प्रश्न गर्दै भने ,“अघिल्ला चुनावमा एउटै मिति र स्थान तोकिन्थ्यो । करिव ८ , ९ महिना अगाडि देखि विभिन्न समिति र उपसमितिहरु गठन गरिन्थ्यो । तर १४औँ महाधिवेशनमा आइपुग्दा आजको भोलि समय तालिका मात्रै परिवर्तन भइरहेको छ । काँग्रेस भित्र यसवारेमा गम्भिर बहस चलाउन जरुरी छ । किनकी यो विधिसम्मत छैन। ”
फरक प्रसंगमा सरकारको १ सय दिन नपुगी आफू नबोल्ने बताएका उनले ८० , ८२ दिनसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु गठवन्धन असक्षम भएको उनको बुझाइ थियो । साथै उनले अहिले चर्चामा रहेको एमसीसी वारे वर्तमान गठवन्धन सरकारले एमसीसी के हो भनेर जनतासमक्ष पुर्याउन नसकेको आरोप लगाए । उनले भने,“बहुसंख्यक जनताको विरोध हुँदाहुँदै सरकारले जनताको भ्रम चिर्न सक्नुपर्छ र नेपालको हिन हुनेगरी कार्यान्वयन गर्नुपर्छ । ”
दल फुटाउन ल्याइएको अध्यादेशवारे बोल्दै उनले आफू यसको विरोधी रहेको बताए । केपी ओलीले ल्याएपनि वा आफ्नै पार्टीका सभापति सरकार हुँदा ल्याएपनि यसवारे आफ्नो असहमति रहेको बताउँदै संसद हुँदाहुँदै फरक प्रकृयाबाट आएको भन्दै असन्तुष्टी जनाए । कसैको पार्टी फुटाउन र जुताउनका लागि यस्ता खेल खेल्नु लोकतान्त्रीक पद्धती भन्दा वाहिर हुने उनले बताए ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति जितनारायण श्रेष्ठ, नुवाकोटका सभापति जगदिशनरसिँह केसी लगायतका नेता कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८