असोज ११,२०७८
राजनितीक दल सम्बन्धि अध्यादेश खारेज भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धीको उक्त अध्यादेश खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो।
सोहि अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८