असोज ११,२०७८
हर्सल पटेलको ह्याट्रिकसँगै मुम्बई इन्डीयन्सले युएईमा लगातार तेस्रो हारको सामना गरेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरले मुम्बईलाई ५४ रनले हरायो । युएई मा लगातार दुई हारको सामना गरेको बंगलोरलाई तेस्रो खेलमा जिताउने क्रममा युजभेन्द्र चावलले पनि ४ ओभरमा ११ रन खर्चेर तीन विकेट लिए।
१६६ रनको लक्ष्य पछ्याएको मुम्बईका कप्तान रोहित शर्मा र क्वीन्टन डी ककले पहिलो विकेटका लागि ६।४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । युजवेन्द्र चावलको बलमा डिक २४ रनमा आउट भए पछि मुम्बईको पतन सुरु भएको थियो । २८ बलमा ४३ रन जोडेका रोहितलाई ग्लेन म्याक्सवेलले आउट गरे पछि अन्य कसैले पनि दोहोरो अङ्क छुन सकेनन् ।
३।१ ओभरमा १७ रन खर्चेर चार विकेट लिएका हर्सल पटेलले १७ औ ओभरको पहिलो तिन बलमा हार्दिक पाण्डे, किरोन पोलार्ड र राहुल चाहरलाई आउट गरेका हुने । उनले १९ औ ओभरमा एडम मिन्लेलाई आउट गरेका थिए । यसै गरी,ब्याटिङ तर्फ ३७ बलमा ५६ रन बनाएका म्याक्सवेलले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले ६ विकेटको क्षतीमा १६५ रनको योगफल खडा गरेको हो । विराट कोहलीले ४२ बलमा ५१ रन जोडे । मुम्बईका जस प्रीत बुमराहले ४ ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए ।
आइतबार नै भएको चेन्नाइ सुपर किङ्सले कलकत्ता नाइटराइडर्सलाई दुई विकेटले हरायो ।
कलकत्ताले छाडेको १७२ रनको लक्ष्य चेन्नाइले अन्तिम बलमा आठ विकेटको क्षतीमा पुरा गरेको हो । चेन्नाइलाई जित दिलाउने क्रममा रवीन्द्र जडेजाले ८ बलमा २१ रन जोडे । उनले यो सबै रन प्रसिद्ध कृष्णको १९ औ ओभरमा प्रहार गरेका हुन् । बलिङ तर्फ चार ओभरमा २१ रन खर्चेर १ विकेट लिएका उनी म्यान अफ द म्याच घोषित भए । चेन्नाइक लागि रुतुराज गाइक्वाड र फाफ डु प्लासिसले पहिलो विकेटका लागि ८।२ ओभरमा ७४ रनको साझेदारी गरे । गाइक्वाडले २८ बलमा ४० तथा प्लासिसले ३० बलमा ४३ रन प्रहार गरे । यसै गरी मोइन अलिले २८ बलमा ३२ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकत्ताले ६ विकेटको क्षतीमा १७१ रन जोडेको थियो । कलकत्ताका लागि दिनेश कात्तिकले ११बलमा २६ तथा नितिस रानाले २७ बलमा ३७ रन प्रहार गरे । राहुल त्रिपाठीले ४५ रन जोडे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८