• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रत्ननगर काङ्ग्रेस सभापतिमा प्रल्हाद सापकोटा

  • खबरदाता

रत्ननगर काङ्ग्रेस सभापतिमा प्रल्हाद सापकोटा

असोज ११,२०७८

नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन ।

आइतबार सम्पन्न निर्बाचनको अन्तिम परिणाम अनुसार सापकोटाले २४६ मत ल्याएर बिजयी भएका हुन। उनका प्रतिद्वन्द्वी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरेका छन् ।अर्थात सापकोटाले ७८ मतको अन्तरले जित हासिल गरेका हुन।

यस्तै नगर उपसभापतिमा अपिल अधिकारी २४८ र कमल नाथ अधिकारीले २०० मत प्राप्त गरी विजयी भएकाछन् । प्रतिद्वन्दी केदार मान वाइबाले १८१ र शिबकान्त पौडेलले १६९ मत प्राप्त गरे।

सचिव पदमा अनिता अर्यालले २५९ मत र तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरी विजयी हुँदै गर्दा दिपेन्द्र श्रेष्ठले १८३ र बिरेन्द्र महतोले १५४ मत ल्याउन सफल भए।

सहसचिवमा रामचन्द्र पौडेलले २०५ मत र अमृत मल्लले १९४ मत प्राप्त गरि बजयि बनेका छन । सोहि पदमा गोबिन्द प्रसाद भट्टराईले १८४ र चन्द्र माया चौधरीले १८५ मत प्राप्त गरेका थिए।

यस्तै खुल्ला तर्फ असिम गिरि २५३, केशब राज पाण्डे २३५, जनार्दन सिंखडा २०७,दिनेश अधिकारि २२७,निराज अधिकारि २१७, रामचन्द्र दवाडी २१४,लोक नाथ पौडेल २१२ र हरि लामिछाने २४४ मतका साथ बिजयि भएका हुन।

यस्तै दलित महिलामा लक्ष्मी बिक २२३,आदिबासि जनजाति खुल्ला तर्फ ओम प्रकाश श्रेष्ठ ३४१,कृष्ण गोपाल श्रेष्ठ ३४१,कृष्ण बहादुर गुरुङ २४७ र जित बहादुर स्याङतान २४९ मतका साथ बिजयि भए ।

  • प्रकाशित मिति : असोज ११, २०७८, सोमवार ०१:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८