कनकाइ काङ्ग्रेसमा यसपटक युबाले नेतृत्व हात पारेका छन।
असोज १०,२०७८
काङ्ग्रेसको १४ औं महाधिबेसन अन्तर्गत भएको झापाको कनकाइ नगरमा दुर्गा प्रसाद प्रसाइको प्यानलनै बिजयी भएको छ।
आइतबार सम्पन्न कनकाई नगरको निर्वाचनमा दुर्गा प्रसाई प्यानलनै भारि मतान्तरकासाथ बिजयी भएको हो ।
मतगणनाको अन्तिम परिणाम अनुसार नगर सभापतिमा बिजयी बनेका दुर्गा प्रसाईले १ सय २९ मत पाएका थिए। उनका प्रतिद्धन्द्धी प्रल्लाद घिमिरेले ५० मत मात्रै ल्याउन सफल भए ।
उपसभापतिमा पनि प्रसाई प्यानलकै सन्तोस कुमार रायमाझिले १४२ मत र सुर्य थापाले ११७ मत ल्याएर बिजयी भएका छन । उपसभापतिमा घिमिरे प्यानलका नविन बस्नेतले ४९ र तेजबहादुर गिरीले ३४ मत मात्रै प्राप्त गरे ।
यस्तै सचिवमा रेणुप्रसाद कडेँलले १२३ र दिपक खतिवडाले १०५ मतका साथ बिजयी हुँदा घिमिरे प्रतिद्वन्द्वी अर्जुन बोहोराले ७३ र हरि फुयाँलले ४६ मत मात्रै पाएका थिए । सह(सचिवमा प्रसाइ प्यानलकै उदित दाहाल १३७ मत र धर्म राजवंशी ११२५ मतका साथ बिजयी हुदा घिमिरे प्यानलका डम्बर घिमिरेले ६३ मत मात्र ल्याउन सफल भए ।
कनकाईमा नगरमा जम्मा १ सय ८६ मत रहेको छ ।जसमध्ये १८३ मत खसेकोमा ३ मत बदर भएको निर्बाचन अधिकृतले जनाएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८