असोज १०,२०७८
नेपालील कांग्रेसले थप ५ जिल्लामा रहेका आफ्ना क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ।
सुची सार्बजनिक गरिएका जिल्लाहरुमा सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा रहेका छन।
सनिवार ति जिल्लाका कृयाशिल सदस्यको नामाबलि काङ्ग्रेसको वेबसाइटमा थप गरिएको हो।
क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन। अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ।
कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८