असोज १०,२०७८
दिल्ली क्यापिटल आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ ।
१० खेलबाट १६ अङक बटुलेको दिल्लीको प्ले अफ प्रवेश लगभग निश्चित भएको छ भने शीर्ष दुईमा रहने सम्भावना पनि प्रबल बनेको छ ।
शनिवारको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ३३ रनले हरायो । दिल्लीले छाडेको १५५ रनका लक्ष्य पछ्याएको राजस्थान ६ विकेट गुमाउँदै १२१ रनमा सीमित भयो । राजस्थानका सञ्जु सामसनले ५३ बलमा ७० रन जोडे । महिपल लोमरारले २४ बलमा १९ रन मात्र जोडे । अन्य कसैले पनि दोहोरो अङ्क छुन सकेनन् ।
राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका पाँच जना बलर नै उत्कृष्ट रहेका थिए । एन्चरीच नोर्तजेले ४ ओभरमा १८ रन खर्चेर दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतीमा १५४ रन जोडेको थियो । दिल्लीका लागि कप्तान श्रेयार एयारले सर्वाधिक ४३ तथा सिमरन हटमायरले २८ रन जोडे । यसै गरी ऋषभ पन्तले २४ रन बनाए । ऐयार सो खलका म्यान अफ द म्याच भए ।
शनिवार भएको अर्को खेलमा पन्जाब किङ्ससंग ५ रनले पराजित भए पछि सनराइजर्स हैदरावादको प्ले अफको प्रवेशको सम्भावना सकिएको छ । नौ खलमा सन राइजर्सको दुई अङ्क छ ।
१२६ रनको लक्ष्य पछ्याएको हैदरावाद सात विकेट गुमाउँदै १२० रनमा सीमित भयो । पराजित टोलीका जेसन होल्डरले २९ बलमा ४७ रन जोडे । ऋद्धमन शाहले ३१ रन बनाए । पन्जाबका रवि विस्नोइले ४ ओभरमा २४ रन खर्चेर तिन विकेट लिए । मोहम्मद सामीले ४ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ७ विकेट गुमाउँदै १२५ रन जोडेको थियो । पन्जाबका आइडन मकरामले २७ तथा लाकेस राहुलले २१ रन जोडे । होल्डरले ४ ओभरमा १९ रन खर्चेर तिन विकेट पनि लिए । पराजयका बाबजुद उनी खेलको म्यान अफ द म्याच भए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८