असोज ८,२०७८
वामदेव गौतम कुनै बेला एमालेको आन्तरिक राजनीतिमा ‘किङ मेकर’ मानिन्थे। उनी जता लाग्थे त्यतै पल्लाभारी हुन्थ्यो। गौतम जसको लाइनमा उभिन्थे उसैको स्वर ठूलो हुन्थ्यो। नेतृत्व चयनमा समेत उनी जसको पक्ष लिन्थे उसैले बाजी मार्थ्यो।
२०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशन होस् वा २०७१ असारमा भएको नवौं महाधिवेशन– गौतम जसको पक्षमा उभिए उसैले पार्टीको नेतृत्व हात पारेको थियो। आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी शर्मा ओली अध्यक्षका उम्मेदवार थिए। गौतमको साथ पाएका खनालले १२८ मतअन्तरले ओलीलाई पराजित गरेका थिए। गौतम ९१९ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए।
नवौं महाधिवेशनमा पनि गौतमले जसलाई साथ दिए उसैले पार्टीको नेतृत्व हात पार्यो। त्यति बेला गौतमले कित्ता परिवर्तन गरे। ओलीलाई आठौं महाधिवेशनमा हराउन सघाएका गौतमले नवौं महाधिवेशनमा भने साथ दिए। र, जिताएरै छाडे। अध्यक्ष पदका अर्का उम्मेदवार माधवकुमार नेपाललाई ४४ मतअन्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए। गौतमले उपाध्यक्षमै चित्त बुझाए।
ओलीका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा थिए भने प्रचण्डको पक्षमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ थिए। दुवैतर्फ बराबर सदस्य भएकाले गौतम जता ढल्किन्थे उसैको पल्लाभारी हुन्थ्यो।
एमालेमा मात्रै होइन, एमाले र माओवादी एकीकृत भएर नेकपा बनेपछि पनि नेता गौतम किङमेकरकै रूपमा रहे। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच लामो टकराव चल्यो। तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा गौतम जता लाग्थे उही बलियो बन्ने स्थिति थियो। ओलीका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा थिए भने प्रचण्डको पक्षमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ थिए। दुवैतर्फ बराबर सदस्य भएकाले गौतम जता ढल्किन्थे उसैको पल्लाभारी हुन्थ्यो। त्यसैले तत्कालीन नेकपामा उनको तानातान भइरहन्थ्यो। तर, गौतम यति अस्थिर थिए कि उनी कतिखेर कसको क्याम्पमा पुग्थे भन्ने कुराको कुनै पत्तो हुन्न थियो। झन्डै २५ वर्षदेखि एमालेको केन्द्रमा रहेका गौतम अहिले यता न उताका भएका छन्।
प्रधानमन्त्रीको लालसामा ओरालो लागेको यात्रा
गौतमको ओरालो यात्रा २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि सुरु भएको हो। आफू प्रधानमन्त्रीको उम्मेदवार भन्दै चुनावी प्रचारमा होमिएका गौतम अन्ततः पराजित भए। पराजित भएपछि पनि उनले प्रधानमन्त्री बन्ने लालच त्यागेनन्। त्यति बेला वामदेवले आफूलाई यस्तो यात्रीका रूपमा उभ्याए जसले हार खान सक्छ, तर हरेस खान तयार छैन। प्रधानमन्त्री बन्नका लागि पहिलो सर्त प्रतिनिधिसभा सदस्य हुनुपर्छ। उनले प्रतिनिधिसभा सदस्य बन्न अनेकन प्रयत्न गरे।
बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेका उपाध्यक्ष गौतमलाई नेकपा गठन भएदेखि नै प्रतिनिधिसभा ल्याउने चर्चा भएको थियो। त्यति बेला सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर गौतम डोल्पाबाट चुनाव लड्ने चर्चा पनि थियो। तर, जनताले मान्दै मानेनन् भन्दै बुढा राजीनामा दिन तयार भएनन्। दैलेख, बाँके र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाई चुनाव लड्ने प्रयत्न पनि गौतमले गरेका थिए। कुनै सांसदले पनि राजीनामा नदिएपछि वामदेवको योजना विफल भएको थियो।
जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर जबरजस्ती संसद् छिर्न खोजेको भन्दै गौतमको पार्टी भित्र र बाहिर चर्को आलोचना भयो। मानन्धरको राजीनामा अस्वीकृत भयो।
काठमाडौं–७ का रामवीर मानन्धर भने गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्दै सांसद पदबाट राजीनामा दिए। पार्टी अध्यक्ष केपी शर्मा ओली गौतमसँग आक्रोशित भए। त्यति मात्र होइन, जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर जबरजस्ती संसद् छिर्न खोजेको भन्दै गौतमको पार्टी भित्र र बाहिर चर्को आलोचना भयो। मानन्धरको राजीनामा अस्वीकृत भयो।
प्रतिनिधिसभाबाट संसद् छिर्ने बाटो कठिन हुँदै गएपछि गौतमले राष्ट्रियसभा भए पनि प्रवेश गर्ने निधो गरे। राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने उनको सर्त थियो। त्यसमा छलफल गरेर अघि बढ्ने वचन तत्कालीन नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले दिएपछि उनी राष्ट्रियसभा छिरेका हुन्।
तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरिदिएपछि गौतमको सपना सिसामा ढुंगा हाने जस्तै भयो। त्यतिखेर ओलीको कदम ठिक नभएको बताए पनि गौतमले खुलेर विरोध गरेनन्। नेकपा मिलाउने प्रयत्न जारी राखे। अदालतको आदेशले नेकपालाई विभाजित गरिदियो। त्यसपछि एमालेलाई एक बनाउन सक्रिय भएका गौतम अन्ततः पेन्डुलम बनेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८