• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्डसंग चुनाव लड्ने हैसियत छ : बादल

  • खबरदाता

प्रचण्डसंग चुनाव लड्ने हैसियत छ : बादल

असोज ८,२०७८

भरतपुर । पूर्व गृहमन्त्री तथा एमाले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा आफु प्रचण्डसंग चुनाव लड्न सक्ने बताएका छन।

शुक्रवार भरतपुर विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले निर्णय गरेको खण्डमा प्रचण्ड र आफु बिच चुनबि प्रतिस्पर्धा हुन सक्ने बताएका हुन ।

बादल २०६४ सालमा चितवनको क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन।त्यस यता उनले चुनाव लडेका छैनन।

उनले वर्तमान सरकार कालोधनलाइ बैधानिकता दिन लागेको आरोप लगाएका छन। राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकार लागेको र यसको नेतृत्व प्रचण्डले गरेको बादलको आरोप थियो।

सोहि भेटघाटमा उनले सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लघन गरिरहेको बताए। सभामुखले निष्पक्ष निर्णय गर्न नसकेको र एउटा पार्टीको कार्यकर्ताको भूमिका निर्वाह मात्र गरेको उनको आरोप थियो। साथै अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसि) परिमार्जन गरेर पारित गर्नुपर्ने उनको धारणा थियो ।

  • प्रकाशित मिति : असोज ८, २०७८, शुक्रवार ०८:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८