• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पद बाँडफाँड पछि एकीकृत समाजबादिमा असन्तुष्टि

  • खबरदाता

पद बाँडफाँड पछि एकीकृत समाजबादिमा असन्तुष्टि

असोज ८,२०७८

नेकपा एकीकृत समाजवादीमा पद बाँडफाँड भएसँगै असन्तुष्टि सुरु भएको छ । एमालेकोभन्दा जम्बो पार्टी कमिटी बनाए पनि असन्तुष्टिलाई भने छेक्न सकेन ।अध्यक्ष माधवकुमार नेपालले बल्ल बुझ्दैछन् नेतृत्व हुँदाखेरीको तनाब कत्तिको हुँदोरहेछ भन्ने ।

उनले बैठकमा बोल्दै असन्तुष्टि भए बाहिर होइन बैठकमा सभ्य ढंगले सकेसम्म लिखित रुपमै राख्न आग्रह गरेका छन् । दल विभाजन अध्यादेश रहने हो फेरि पार्टी विभाजन त भइहाल्ने होइन भन्ने अध्यक्ष नेपाललाई चिन्ताछ ।उनले पाटीलाई एमाले जस्तो भद्धा नभई संगठनात्मक कमिटीको आकार सानो बनाउने बताउँदै आएका थिए ।

३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । २१ सदस्यीय पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी बनाएको छ । ७१ सदस्यीय पोलिटब्युरो, ७ सय १ सदस्यीय केन्द्रीय परिषद् गठनको पनि निर्णय लिएको छ । बैठकले प्रदेश इन्चार्जहरू पनि तोकेको छ । यस्तै, केन्द्रीय विभागहरू २५ सदस्यीय, सल्लाहकार समिति १५१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

नयाँ पार्टी भएको हुँदा सबैलाई ऊर्जासहित काम गर्ने वातवरण तयार गर्न पनि पद धेरैलाई बाँडेर असन्तुष्टि छोप्ने प्रयास गरेको देखिन्छ । राम्रालाई भन्दा हाम्रालाई समेट्ने प्रवृत्तिको कायम भएको हुँदा असन्तुष्टि देखिएको हो ।अध्यक्ष नेपालको वरपर हुनेले मात्रै पद र जिम्मेवारी पाएको नेताहरुले आरोप लगाएका छन् । कार्यकर्ता भन्दा नेता धेरै हुने देखिन्छ ।

एकीकृत समाजवादी पार्टीको जम्बो केन्द्रीय टीमलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कटाक्ष गरेका छन् ।सात जनालाई उपाध्यक्ष चाहिएछ भन्दै यसैका लागि पार्टी फुटाएको प्रष्ट हुने बताए ।नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबैलाई समेट्न खोज्दा कमिटी ठूलो भएको बताए ।

लामो समयदेखि हाम्रा नेता कार्यकर्ताहरू वञ्चित भएकाले उनीहरुलाई समेट्दा कमिटीहरू ठूला भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । योग्य मान्छेले ठाउँ पाएका छन् उनको भनाई थियो ।

  • प्रकाशित मिति : असोज ८, २०७८, शुक्रवार ०१:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८