असोज ८,२०७८
राहुल त्रिपाठी र बैकटेस आयरले सानदार ब्याटिङ गरेपछि कलकत्ता नाइट राइडर्सले आइपिएलको बिहीबार भएको खेलमा मुम्बई इन्डीयन्सलाई सात विकेटले पराजित गरेको छ ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको कलकत्ताले २९ बल बाँकी रहँदा तीन विकेटको क्षतीमा १५९ रन जोडेको हो । त्रिपाठी ७४ रनमा अविजित रहे भने आयरले ५३ रन जोडे ।
सुरुवातमै सुभमन गील र आयर आक्रामक थिए । आयरले ३० बलमा ५३ बनाउँदा त्रिपाठीले पनि ४२ बलमा ७४ रन जोडे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई ले सानदार सुरुवात गरेको रोहित शर्मा र क्वीन्टन डिककले ९।२ ओभरमा ७८ रन जोडेका थिए । मुम्बईले विशाल योगफल गर्ने सम्भावना देखिए पनि मध्य ओभरमा वरुण चक्रवर्ती र सुनिल नारायणले कसिलो बलिङ गरे भने डेथ ओभरमा लुक्की फर्गुसन त्यत्तिकै प्रभावकारी देखिए । ४ ओभरमा २० रन खर्चेर रोहित शर्माको पहिलो विकेट लिएका सुनिल नारायण म्यान अफ द म्याच समेत घोषित भए । मुम्बई ले ६ विकेट गुमाएर १५५ रन जोडेको हो ।
जितसँगै ८ अङ्क भएको कलकत्ता चोथो स्थानमा उक्लेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८