• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

आजबाट हाम्रो यात्रा दोस्रो बर्षमा

  • खबरदाता

आजबाट हाम्रो यात्रा दोस्रो बर्षमा

असोज ७,२०७८

खबरमुलुक डट कमले आफ्नो यात्राको १ बर्ष पुरा गरेको छ। एक बर्ष अघि आजकै दिन अर्थात २०७७ सालको असोज ७ गते हामी बिधिवत रुपमा सूचना बिभागमा दर्ता भएर नियमित रुपमा तपाईंरु माझ आइरहेका छौं।

एक बर्षको अबधिमा हामी अनबरत रुपमा पाठकका लागि नयाँ खुराकको खोजिमा तल्लिन भयौ। जसको सफलता हामीलाइ हात लागेको छ।हामीलाइ धेरै भन्दा धेरै पाठकले मन पराउनु भएको छ।

छापा माध्यमबाट समाचार प्रबाह गरिरहेका हामीलाइ कोरोनाको कहरने अनलाइन प्रकशान गर्न बाध्य बनायो।कोरोना कालकै बिचमा हामी आधिकारिकता प्राप्त गरि अगाडि बढेका हौ।

पहिलो बर्ष हाम्रो परिक्षण कालनै सम्झेर हामीले निरन्तर काम गरिनै रहयौं। एक बर्षको अबधिमा हामीले एउटा पनि ब्यबसाहिक बिज्ञापन छाप्ने प्रयास पनि गरेनौं।यसबाट पनि यो कुरा प्रष्ट हुन्छकि हामि ब्यबसायिक पत्रकारितामा थियौं ।

यो अबधिमा हामीलाइ माया,स्नेह र सद्भाव देखाउनु हुने सबै हाम्रा लागि धन्यवादका पात्र हुनु भएको छ।अबका दिनमा हामि तपाईंहरु माझ हेर्ने र सुन्ने सामाग्री पनि लिएर आउने प्रयास गर्दै छौ। जुन हौसला तपाईहरुले एक बर्षसम्म हामीलाइ दिइरहनु भयो।

अन्त्यमा हामी हाम्रा पाठक , कर्मचारी र सम्पुर्ण सुभचिन्तकहरुमा धन्यवाद दिदै अभार प्रकट गर्दछौं।

  • प्रकाशित मिति : असोज ७, २०७८, बिहीवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८