दिल्ली क्यापिटल आइपिएलको शीर्ष स्थानमा उक्लेको छ । बुधवार भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई आठ विकेटले हरायो । १३५ रनको लक्ष्य पछ्याएको दिल्लीले १३ बल बाँकी रहँदा ८ विकेटको क्षतीमा १३९ रन जोडेको हो ।
दिल्लीका लागि शिखर धवनले ४२ रन प्रहार गरे । यो सँगै उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सुचीमा पहिलो स्थानमा उक्लिएका छन् । साथै उनी आइपिएलमा आठ सिजनमा ४०० रन पार गर्न सफल भएका छन् । उनी भन्दा बढी सिजनमा यो सफलता पाउने सुरेश रैना मात्र हुन् । यसै गरी, श्रेयास ऐरले अविजित ४५ तथा ऋषभ पन्तले अविजित रहँदै २१ बलमा ३५ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादलाई १३४ रनको सस्तो योगफलमा समेट्ने क्रममा कासिगो रवाडा र एनरीच नोर्तजेले मिलेर पाँच विकेट लिए । र्नोतजेले चार ओभरमा १२ रन खर्चिँदै दुई विकेट लिए । यसमा पारीको तेस्रो बलमा लिए । डेभिड वार्नरको विकेट समेत समावेश थियो । उनी खेलका म्यान अफ द म्याच घोषित भए यसै गरी रवाडाले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिए । दिल्ली नौ खेलमा १४ अङ्क सहित शीर्ष स्थानमा छ । यसै गरी, हैदरावाद ७ खेलमा दुई अङ्क सहित पुछारमा छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८