असोज ५,२०७८
कलकत्ताले आइपिएलमा लगातार हारको शृङ्खलालाई चौथो खेलमा पार गरेको छ ।
कोभिड १९ महामारीका कारण खेल स्थगित हुनु अगाडी लगातार तीन खेलमा हारको सामना गरेको कलकत्ताले सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरलाई नौ विकेटले हरायो ।
बंगलोरले छाडेको ९३ रनको झीनो लक्ष्य पछ्याएको कलकत्ताले १० ओभरमा एक विकेट गुमाउँदै ९४ रन जोडेको हो । कलकत्ताका लागि शुभ मन गीलले ३४ बलमा ४८ रन जोडे । डेब्यु गरी रहेका प्रारम्भिक ब्याट्सम्यान बैकटेस आयरले अविजित रहँदै २७ बलमा ४१ रन प्रहार गरे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलोरले एक ओभर बाँकी रहँदा नौ विकेटको क्षतीमा ९२ रन जोडेको थियो । बंगलोरलाई कम योगफलमा सीमित गर्ने क्रममा वरुण चक्रवर्तीले चार ओभरमा १३ रन खर्चिँदै तीन विकेट लिए । उनले आफ्नै बलिङमा एक रन आउट पनि गरेका थिए ।
यसै गरी आन्द्रे रसेलले तीन ओभरमा नौ रन खर्चिँदै तीन विकेट लिए । प्रसिद्ध कृष्णले विराट कोहलीले विकेट लिएका थिए भने पारीको दोस्रो विकेट लुक्की फर्गुसनले दुई विकेट लिए । बंगलोरका देवदत्त पाणीकलले सर्वाधिक २२ रन जोडे ।
हारका बाबजुद बंगलोर १२ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । कलकत्ता ६ अङ्क सहित पाँचौँ स्थानमा उक्लेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८