• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बुटवलमा एमालेका मेयरलाई मुक्का हान्ने एमालेकै युवा

  • खबरदाता

बुटवलमा एमालेका मेयरलाई मुक्का हान्ने एमालेकै युवा

असोज ४,२०७८

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एक ब्यक्तिले सुरक्षाकर्मिकै बिचमा मुक्का प्रहार ।

सुबेदिलाइ सोमबार पहिरोले पुर्‍याको क्षतिको अवलोकन गर्नेक्रममा स्थानीयले मुक्का प्रहार गरेका थिए।

पुगेका नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार थिए।

बिहानै बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो निरीक्षणका लागि गएका सुवेदीलाइ अवलोकन गरिरहेका बेला ति युवाले पछाडीबाट हतारिंदै आएर मुक्का प्रहार गरेका थिए।

मेयर सुबेदीलाई मुक्का हान्ने युवा ज्योतिनगरकै गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। उनी नेकपा एमालेकै कार्यकर्ता भएको समेत खुलेको छ। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत छन्। पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत रहेको खुलेको छ।

पंगेनीले एक महिनादेखि पहिरोले घर पुरिँदा पनि स्थानीय सरकारले चासो नदेखाएको र हार गुहार गर्दा पनि पहिरो व्यवस्थापनमा चासो नदिएकाले आफू आक्रोशित बनेको बयान दिएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार पंगेनीलाई पक्राउ गरिएको छैन। गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।

  • प्रकाशित मिति : असोज ४, २०७८, सोमवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८