असोज ४,२०७८
कोभिड महामारीका कारण चार महिना भन्दा बढी स्थगित भएर फेरी सुचारु भएको इन्डियन प्रीमीयर लिग आइपिएलको आइतबार भएको खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियनलाई २० रनले हरायो ।
चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बई ८ विकेट गुमाउँदै १३६ रनमा सीमित भयो । मुम्बईका सौरभ तिवारीले अविजित रहँदै सर्वाधिक ५० रन प्रहार गरे ।
चेन्नाइका दीपक चाहरले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । उनले उत्कृष्ट ३ ओभरको पहिलो स्पेलमा दुई विकेट लिँदै नौ रन खर्चेका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइका रुतुराज गाइक्वाडले सानदार ब्याटिङ गरे । प्रारम्भिक ब्याट्सम्यानको रूपमा आएका उनी ५८ बलमा ८८ रन प्रहार गर्दै अविजित रहे । उनी खेलका म्यान अफ द म्याच समेत घोषित भए । अत्यन्त खराब सुरुवात गरेको चेन्नाइले छैटौँ ओभर सकिँदा २४ रन जोड्दै चार विकेट गुमाएको थियो ।
यस पछि धैर्यता पूर्वक ब्याटिङ गरेका रुतुराजले रवीन्द्र जडेजा सँग मिलेर ८१ रनको साझेदारी गरे । चेन्नाइका फाफ डु प्लेसिस र मोइन अलि शून्य रनमा आउट भए भने अम्बात्ती रायडु कुनै रन नजोडि रिटायर्ड भएका थिए।
महेन्द्र सिंह धोनी तीन रन बनाएर आउट भए । विस्फोटक ब्याटिङ गरेका ड्वाइन ब्राभोले ८ बलमा २३ रन जोडे । उनले तीन विकेट पनि लिए
चेन्नाइलाई सुरुवाती धक्का दिएका ट्रेन्ट बोल्ट र एडम मिल्नेले दुई विकेट लिए भने अन्य दुई विकेट डेथ ओभरमा जस प्रीत बुमराहले लिए ।
जित पछि चेन्नाइ १२ अङ्क सहित दोस्रो स्थानमा तथा मुम्बई ८ अङ्क सहित चौथो स्थानमा रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८