• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

शाक्यले ‘हाम्रो नेता माधब नेपाल कमरेड’ भनेपछि एमाले भित्र तरङ्ग

  • खबरदाता

शाक्यले ‘हाम्रो नेता माधब नेपाल कमरेड’ भनेपछि एमाले भित्र तरङ्ग

असोज २,२०७८

मञ्चमा ईश्वर पोखरेलदेखि रामबहादुर थापा ‘बादल’सम्म । उद्घोषकले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बोल्ने मौका दिएपछि उनि बोल्न थालिन् । बोल्ने क्रममा शाक्यले भनिन्,‘हाम्रो नेता माधब नेपाल कमरेड हो, उहाँ एमालेमा आउनुपर्छ ।’

हिजो शुक्रबार एमाले काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलामा संबोधन गर्दे शाक्यले यति मात्र भनिनन्, उनले अझै थप्दै गइन,‘माधब कमरेडको एमालेमा लामो समयको योगदान छ, उहाँलाई हामी सधैं नेता मान्न तयार छौं, सबैको नेता माधब कमरेड हो ।’ उनले यसो भनिरहंदा हलबाट घरिघरी तालीको आवाज आउँथ्यो । शाक्यले माधब नेपाललाई सम्मानपुर्वक नेताको संज्ञा गरेर आफ्नो मन्तव्य टुँग्याइन् । अष्टलक्ष्मी शाक्य अहिले वागमती प्रदेशको मुख्यमन्त्री पनि छिन् । एमाले फुटुन अघिसम्म उनि माधब नेपालकै समुहमा थिइन् ।

उनि त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीको खुब आलोचना गर्थिन् । जब, एमाले फुट्यो उनि माधब नेपालतिर नगई एमालेमै रोकिइन् । तर, उनको एमालेमा अडिएका पाइलाहरु माधब नेपालतिरै सोझिएका बिहिवारको संबोधनले संकेत गर्छ । शाक्यपछि बोलेका ओलीले माधब नेपालको आलोचना मात्र गरेनन्, शाक्यको भनाईको खण्डन गर्दे माधब नेपाल अब एमालेमा आउन नपर्ने बताएका थिए ।

ढिलोगरि सभास्थलमा आएका ओलीले भने,‘केहि साथीहरु माधब नेपाल एमालेमा आउन अनुरोध गर्दे हुनुहुन्छ, किन आउन पर्यो रु फेरि पार्टी फुटाउन रु’ ओलीले अब माधब नेपाललाई एमालेमा कुनै स्थान नभएको पटक–पटक दोहोर्याए । पछिल्लो पटक ओलीको संबोधन माधब नेपाललाई गाली गर्दे बित्ने गरेको छ ।

माधब नेपाल यस्तो, माधब नेपाल उस्तो आदि जस्ता अनेक गाली गर्दे ओली आफ्नो भाषण पुरा गर्छन् । तर, त्यहि पार्टीका एकथरि नेताहरु माधब नेपालप्रति अति नै आदर र सम्मान गर्छन् । जब कुनै नेताले माधब नेपालको नाम लिन्छन्, तब ओली प्रतिवाद गर्दे ती नेताहरुको सातो लिन्छन् ।

केहि दिन अघि मात्र ओलीले एक कार्यक्रममा भनेका थिए, माधब नेपाल अब कमरेड होइनन्, कमरेड नभन्नुहोला ।’ यसरी ओलीले माधब नेपालको उछितो काड्दै गर्दा शाक्य सहितका नेताहरु भने नेपालप्रति सम्मानभाव दर्शारहेका छन् । पछिल्लो पटक दोस्रो पुस्ता वा तेस्रोधार भनिएका एमालेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायतहरु ओलीको व्यबहारवाट निकै रुष्ट बनेका छन् ।

ओलीले सम्झौता अनुसार १० बुँदे कार्यान्वयन गर्न नखोजको, एमालेकै नेताहरु भन्दा माओवादीका पुर्व नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतलाई प्राथमिकतामा राखेको गुनासोहरु एमाले भित्र उठ्न थालेका छन् । स्मरणहोस, सुदुरपश्चिम र वागमती प्रदेशका इन्चार्जमा क्रमशः भीम रावलको सट्टा लेखराज भट्ट र शाक्यको स्थानमा ‘बादल’लाई राखेपछि पहिले माधव नेपालसंगै रहेको एमाले भित्रको समुह चिढिएको छ । यो कुराको स्पष्ट संकेत बिहिवारको कार्यक्रममा अष्टलक्ष्मी शाक्यले देखाइसकेकी छिन् ।

  • प्रकाशित मिति : असोज २, २०७८, शनिवार ००:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८