• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

नेपालको साथ छोडेर आएकालाइ बाल दिदैनन् ओली

  • बिषेस खबरदाता

नेपालको साथ छोडेर आएकालाइ बाल दिदैनन् ओली

काठमाडौंमा भएको कार्यक्रममा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको हैसियत र रामबहादुर थापालाई इन्चार्जको हैसियतमा सम्बोधन गरेर १० बुँदे लागु नभएको संकेत गरिएको थियो ।

असोज १,२०७८

एमाले भित्रको विवादमा माधब कुमार नेपालको साथ र अन्त्यमा ओलीको साथमा आएका तेस्रो धारका नेतालाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्न थालेका छन।

१० बुदे लागु गर्ने हुन्छ भन्ने आसमा नेपालको साथ छाडेका प्रभावशालि १० भन्दा बढी नेताहरुलाइ ओलीले बाल गर्न छाडेका छन। हरेक आफ्ना भनाइमा ओलीले उनिहरुलाइ अपमान गर्दै आएका छन।अहिले ओलीलाइ पुराना ति नेता भन्दा माओवादीबाट आएका नेता नै प्यारो लाग्न थालेका छन।

रावल, भट्टराई , भुषाल र शाक्य चक्रव्यूहमा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अन्तिमसम्म सहयोग गरेको भन्दै पूर्व माओवादीका नेताहरुको हकमा १० बुँदे लागु नगर्ने संकेत गरेका छन् । एमालेको विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई पूर्ण कार्यान्वयनको माग गर्दै आएका भीम रावल लगायतका १० जना नेताहरुलाई ओलीले त्यस्तो संकेत गरेका हुन् ।

उनले बागमती र सुदुरपश्चिमको हकमा लागु नगर्ने संकेत मात्र हैन व्यबहारमै लागु गरेका छन। एमालेमा आएका पूर्वमाओवादी नेताहरूलाई अन्याय हुने तर्क गर्दै १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । आउँदो केन्द्रीय कमिटी बैठकबाट सबै नेताहरुको जिम्मेवारी हेरेफेर गर्ने तयारी गर्दै बागमती प्रदेशमा रामबहादुर थापालाई दिएको र लेखराज भट्टलाई दिएको सुदूरपश्चिमको इन्चार्ज कायमनै राखेका छन। १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्दा नेकपा हुँदै एमालेमा आएका तथा माओवादीबाट एमालेमा आएका नेताहरूको अपमान हुने भएकाले हुबहु लागु नहुने ओलीले बताउँदै आएका छन।

ओलीले १० बुँदे सहमतिको ४ नम्बर बुँदा कार्यान्वयन गर्दा उनीहरूमाथि अपमान हुने आशय व्यक्त गरेका छन् । ‘२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेमा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । अन्य कमरेडहरूलाई पनि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा रहँदा सरहको कमिटीमा संगठित गरिनेछ’, सो सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ ।

ओलीको व्याख्या अनुसार १० बुँदेमा रहेको बुँदा नम्बर ४ पूर्वमाओवादीको हकमा लागु हुने छैन । तर सुदूरपश्चिम पुगेका रावल र भट्ट दुवैले आफू सुदूरपश्चिम इन्चार्ज भएको घोषणा गरेका छन् । काठमाडौंमा बिहीबार भएको कार्यक्रममा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको हैसियत र रामबहादुर थापालाई इन्चार्जको हैसियतमा सम्बोधन गरेर १० बुँदे लागु नभएको संकेत गरिएको थियो ।

नेकपामा आएको विग्रहपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा लगायतलाई विभिन्न जिम्मेवारी दिइएको थियो । अहिले सो जिम्मेवारी नफेर्ने तहमा ओली पुगेका हुन् ।

स्रोतका अनुसार माओवादीबाट आएका नेताहरूलाई ओलीले माया गरेर नै जिम्मेवारी दिएकाले तत्कालै फेरबदल हुँदैन । एमालेमा प्रभु शाह भने असन्तुष्ट रहेका छन् । अन्य नेताहरुले एमालेकै पक्षमा वकालत गरिरहेका छन् ।

साह भने कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ओलीले पूर्वमाओवादी नेताहरूमध्ये बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा भट्टलाई इन्चार्जको जिम्मेवारी दिएका थिए । त्यस्तै जनवर्गीय संगठनको इन्चार्ज रायमाझीलाई बनाइएको थियो । १० बुँदे लागु भएमा सो जिम्मेवारीबाट हटेर उनीहरू स्थायी कमिटी सदस्यमात्रै हुनेछन् ।

ती नेताका अनुसार अहिले एमालेका हरेक कार्यक्रममा पूर्व माओवादीका नेताहरुलाई एमालेका नेताहरुले साथमै लिएर हिँड्ने गरेका छन् । पूर्व माओवादीका नेताहरुलाई साथमा राखेर एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति हुबहु कार्यान्वयन नहुने भन्दै आएका थिए ।

उनले धेरै पटक त्यसो भनिरहे पनि ओलीले मुख खोलेका थिएनन् । यति बेला ओलीले पनि माओवादी नेताहरूलाई दिएको जिम्मेवारी हेरफेर नगर्ने संकेत गरेसँगै १० बुँदे अक्षरशः कार्यान्वयन नहुने अवस्थामा पुगेको छ ।

गत हप्ता सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएर ओलीले त्यसको संकेत गरे पनि भीम रावल र योगेश भट्टराईले भने जिम्मेवारी हेरफेर नभएसम्म पुरानै काम रहने बताउदै आएका छन् ।

अन्य नेताहरुले भने यो विषयमा मुख खोलेका छैनन् । गत हप्ता सुदूरपश्चिमका नेताहरूलाई राखेर ओलीले उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने सक्ने संकेत गरे । सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरू भट्ट र कर्ण थापा सहभागी भएका थिए ।

ओलीले २०७५ जेठ २ मा फर्कने हो भने रावल संयोजक मात्रै हुने बताउँदै पार्टी त्योभन्दा अघि बढेको र रावल केन्द्रीय भूमिकामा भएकाले प्रदेशमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

१० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदेअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने अडान रावलले लिएका थिए ।

इन्चार्ज दिन ओली नमानेपछि बालकोटबाट फर्केर रावलले सिंहदरबारमा आफू निकटका नेताहरूसँग छलफल गरेका थिए । एमाले उपाध्यक्ष भीम रावलले पार्टीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने सम्बन्धमा कुनै निर्णय नगरेको बताएका छन् ।

गृहजिल्ला अछाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले अहिले कुनै पनि समस्या नभएको दाबी गरे । बिहीबार उनले गृहजिल्लाका नेताहरुसँग बसेर छलफल गरेका छन् । तर उनले पार्टीको समस्या पार्टीभित्रै समाधान हुने दाबी गरेर दिएको जिम्मेवारीलाई पूरा गर्ने बताएका थिए ।

  • प्रकाशित मिति : असोज १, २०७८, शुक्रवार ०३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८