• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आजबाट कक्षा १२ को परीक्षा हुँदै

  • खबरदाता

आजबाट कक्षा १२ को परीक्षा हुँदै

भदौ ३०,२०७८

लामो समय देखि तालिका सर्दै आएको कक्षा १२ को परिक्षा आज बुधबारबाट संचालन हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागेको हो । भदौ ३० गतेबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण दर पनि बिस्तारै नियन्त्रण भएको अवस्थालाइ मध्यनजर गर्दै परीक्षा सञ्चालन गरिएको गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

तिन लाख ७४ हजार परिक्षार्थि सहभागि हुन लागेका परिक्षा साउन ३१ गतेबाटनै सञ्चालन गर्ने निर्णय गरिएको भए पनि बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

विद्यार्थीलाई होम सेन्टर ९विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने०को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने जानकारी परीक्षा दिएको छ।

यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी मंसिर अन्तिम साता या पुसको पहिलो हप्तामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गर्ने जनाएको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७८, बुधवार ००:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८