भदौ २६,२०७८ – केपी शर्मा
नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सरकारको गठवन्धन सांसदलाइ मन्त्री बन्न र कार्यकर्तालाइ ठेक्का दिनका लागि मात्र भएको आरोप लगाएका छन।
सनिवार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले सो आरोप लगाएका हुन।
गठवन्धनका सबैलाइ भाग नपुग्ने भएका कारण अहिले सम्म सरकारले पुर्णता पाउन नसकेको उनको भनाइ थियो।
सरकारले पुर्णता पाउँदै गर्दा सरकार पनि असफल हुने उनले दाबि गरे। गठवन्धनका सबैलाइ मन्त्री चाहिएको र त्यो नपुग्ने भएपछी सोतह सरकार धरापमा पर्ने उनलेको दाबि थियो।
हिजो संसद भित्र भएको घट्ना आफ्नो पार्टीले कल्पना गरे भन्दा बाहिरको भएको र सो घट्नाले पार्टी र आफुलाई दुखित बनाएको उनले बताए।तर यो अबस्था आउनुमा मुख्य दोषि भने सभामुख रहेको उनले बताए । गोरिल्ला शैलिमा सदन चलाउन खोज्दाको परिणाम भएको र यस्तो शैली बन्द गर्न समेत बस्नेतले सभामुखलाइ चेतावनी दिए।
सरिता गिरिलाइ पार्टीले कार्बाहि गरेको १२ घन्टामा सुचना टाँस गर्ने, टोप बहादुर , प्रभु शाह,लेखराज भट्ट गौरी शंकर चौधरीलाइ पार्टीले कार्बाहि गरेको २४ घन्टामा सुचना जारि गर्ने अनि एमालेले ह्विप उलंघन गरेका सांसदलाइ कार्बाहि गरेकोचै सूचनानै टाँस नगर्ने ?
सभामुखको यो गोरिल्ला शैलिले संसद भित्र अझै मुठभेड निम्तिन सक्ने भन्दै उनले सभामुखलाइ सुध्रन समेत आग्रह गरे।
अब आउने चुनावमा एमाले पहिलो पार्टी हुने बस्नेतले ठोकुवा गर्दै त्यसको लागी आफ्नो पार्टी तयारिमा समेत लागेको बताए। समय बित्दै जाँदा फुटेर अन्यत्र गएका सबै साथिहरु एकै ठाउँमा आइपुग्ने समेत उनको दाबि थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८