• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

  • खबरदाता

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

भदौ २६,२०७८

 

काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार ९सुपर स्ट्रक्चर० को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिए । उनले भने , ‘‘अब भुइँतलाको बार्दली लगाउन र भुइँमा तेली इँट लगाउन बाँकी छ ।’’

‘‘हामीले सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरिरहेका छौँ । माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिरहेका छौँ । सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौँ, संयोजक शाक्यले भने , ‘‘समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौँ शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौँ ।’’ मात्र काठ, माटो र इँटाको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ ।’’

कुल १२ करोड रुपियाँको लागतमा निर्माण हुने अनुमान गरिएकोमा अहिलेसम्म काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपियाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको उनले जानकारी दिए । यस वर्षको साउन मसान्तसम्म १० करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ ।

पुनर्निर्माणका लागि महानगरपालिका र पुनर्निर्माण समितिबीच २०७५ वैशाख २९ गते सम्झौता भई कात्तिक २२ गतेदेखि काम सुरु गरिएको थियो । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा चार घेराका सयवटा थाम राखिएको छ । सङ्कल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । चारवटा मूल थाममध्ये एउटा ११ सय वर्ष पुरानो रहेको उनले बताए।

दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एकरएकवटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको संयोजक शाक्यले जानकारी दिए। तीन तलाको अबको काष्ठमण्डप भूकम्प प्रतिरोधी क्षमताको निर्माण भइरहेको उनले बताए ।

काष्ठमण्डपको पुनर्निर्माण गर्न ठूलो र सानो आकारको गरी करिब दुई लाख थान माःअप्पा इँटा लागेको छ । ठूलो आकारको ९० हजार र सानो आकारको एक लाख दस हजार थान इँटा रहेको छ । काष्ठमण्डप निर्माणमा करिब १२ हजार क्युफिट सालको काठ लाग्ने अनुमान गरिएको छ । सबै काठ बारा, रौतहट, महोत्तरीको जङ्लबाट मगाइएको संयोजक शाक्यले जानकारी दिए । यो काष्ठमाण्डपको निर्माण सातौँ शताब्दीमा भइएको पाइएको छ ।

संयोजक शाक्यले भने , ‘‘एउटै रुखको काठबाट बनेको सत्तलको नामबाट नै काठमाडौँको नामाकरण भएको गरिएको विश्वास गरिन्छ । यसअघि १२औँ शताब्दीमा बनेको विश्वास गरिए पनि यो वर्ष बेलायतको दुराहम विश्वविद्यालय र पुरातìव विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको प्रमाणित भइसकेको छ ।’’ आजको गोरखापत्रबाट ।

  • प्रकाशित मिति : भदौ २६, २०७८, शनिवार ००:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८