• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फतिमाको प्रवेशसंगै दल हरु लय फेर्दै, एमसिसि पास हुने संकेत !

  • खबरदाता

फतिमाको प्रवेशसंगै दल हरु लय फेर्दै, एमसिसि पास हुने संकेत !

भदौ २५,२०७८

लामो समयदेखि विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले दिएको छ । बुधबार एमसीसीले नेपाल सरकारलाई जवाफ फर्काएको हो । अहिलेसम्म विभिन्न बाहानामा संसदमा पेस नभएको एमसीसी सम्झौताबारे नेपालका राजनीति दलहरु शुरुदेखि नै विभाजित छन् । अहिलेपनि राजनीति दलहरुको एमसीसीले पठाएको जवाफ चित्तबुझ्दो नभएको बताउन थालेका छन् । एमसीसीले पठाएको जवाफमा परिमार्जन अथवा संशोधनको कुनै गन्जायस नै देखाएको छैन । जुन कुरा सत्ता गठबन्धनलाई नै मन परेको छैन।

नेकपा हुँदा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन गरेर प्रतिवेदन पेश गर्न तीन सदस्यीय कार्यदल नै बनाएको थियो । नेकपा पुरानै दलमा ब्युँतिएपछि अहिले दुई दल होइन तीन दल भएको छ । कार्यदलका नेतृत्वकर्ता खनाल नेकपा ९एकीकृत समाजवादी० सदस्य भीम रावल र प्रदीप ज्ञवाली नेकपा एमालेमा छन् । नेकपाबाट ब्युँतिएको माओवादी केन्द्र । सरकारमा हुँदा नेकपा र एमाले ब्युँतिएपछि पनि खड्ग प्रसाद ओलीले एमसीसीको वकालत मात्र गरेनन् जस्ताको त्यस्तै पास गर्नुपर्छ भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महरालाई दबाब दिदै आएका थिए । महरा सभामुखबाट हटेपछि सरकारले पठाएको एमसीसी संसदमा पेश नगरी दिएको भन्दै कडा आलोचना गरेका थिए ओलीले । एमाले द्धैध चरित्र तर बुधबार बसेको एमालेको संसदीय दलको बैठकमा भने एमसीसीबारे ओलीको धारणा एकाएक परिवर्तन भएको छ । बैठकमा सांसदहरुले एमसीसीबारे दलको धारणा प्रष्ट हुनुपर्ने माग गरेका थिए । ओलीले एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत पनि सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने बताए ।

उनको भनाइ थियो ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं । एउटा कुरा स्पष्ट छ, देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुन्छ, त्यसविरुद्ध हामी जाँदैनौं ।’ तर ओली प्रधानमन्त्री हुदा एमसीसीले देशको उर्जा र यातायातको विकासमा फड्को मार्ने भन्दै पास गर्नुपर्नेमा थिए । अहिले भने देश र जनताको हित र अध्ययन गर्ने भन्दै टार्देछन् ।

सरकार पहिला एमसीसी बारे प्रष्ट हुनुपर्‍यो । सरकारले यसलाई पास गर्छ कि गदैन उसले आफ्नो धारण प्रष्ट पारेपछि एमाले आफ्नो धारणा सार्वजनिक गर्ने प्रवक्ता प्रदीप ज्ञवाली भन्छन्, ‘एमसीसीबारे सरकारको धारणा के हो रु हामीले संस्थागत निर्णय गरेका छैनौ । संसदमा दर्ता गर्छ कि गदैन रु हेर्छौं। यस्तो गर्नुको कारण सत्तारुढ दलका धेरै नेताहरुले यसलाई गिजोल्ने काम गर्नुभयो । यो सहि छ कि गलत भनेर, उहाँहरुले जवाफ दिनुपर्छ । । यदि अहिले पास गर्ने हो भने किन पहिला गिजोल्नुभयो । होइन भने अहिले किन चाहियो रु’ कांग्रेस प्रष्ट नेपाली कांग्रेस पहिला प्रमुख प्रतिपक्षमा भएपनि एमसीसीको बारेमा तत्कालीन प्रधानमन्त्री ओलीसंग मिलेका थिए ।

कांग्रेसले पहिला पनि संसदबाट पास गदै लागु गर्नुपर्छ भन्ने अडानमा थियो । अहिले त झन नेपाल सरकारले सोधेका अस्पष्ट कुराको प्रष्ट जवाफ दिएकाले संसदबाट पास गरेर लागु गर्नुपर्ने कांग्रेसले बताउको छ । एमसीसीबारे बजारमा जे जस्ता बहस भएका थिए । प्रश्न उठाएका थिए त्यसको जवाफ एमसीसीले दिएको छ । सरकारले के गर्छ हेर्नुपर्ने कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत भन्छन्, ‘जहाँ सम्म जुन दबाब थियो ,जे आशंका थिए त्यसको निवारण भएको छ । एक एक प्रश्नको जवाफ एमसीसीबाट आएको छ ।

संविधान भन्दा माथि नभएको प्रष्ट पारी सकेको छ । उसले विश्वमा एक मापदण्ड र हाम्रो लागि अर्को मापदण्ड बनाउदैन । त्यहि भएर अब यसलाई रोक्नुपर्ने कुनै कारण छैन । पास भएर लागु हुनुपर्छ ।’

  • प्रकाशित मिति : भदौ २४, २०७८, बिहीवार २३:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८