• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिनेमा हल र धार्मिक स्थल बाहेक खुल्यो चितवन

  • खबरदाता

सिनेमा हल र धार्मिक स्थल बाहेक खुल्यो चितवन

भदौ १९,२०७८

जिल्ला प्रशासन कार्यालय चितवनले चार महिना देखि लगाउँदै आएको निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक हटाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सनिवार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न पाउने जनाइएको छ ।आदेश भदौ २१ गते देखि ३१ गते सम्म लागू हुनेछ।

अब नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक रुपमा उपस्थित भइ गरिने सभा ,सम्मेलन गोष्ठी साधारणसभा जस्ता कार्यहरु गर्न पाइने छ।

जिल्लामा रहेका शैक्षिक संस्थाहरुको हकमा बिधालय ब्यबस्थापन समितीको सिफारिसको आधारमा जिल्ला कोभिड -१९ ब्यबस्थापन समिती संग समन्य गरि संचालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ।

पार्टी प्यालेसहरुको हकमा क्षमता संख्याको ५० प्रतिशत मात्र राखी सांझ ६ बजे सम्म खोल्न पाइने भएको छ भने होटेल रेस्टुरेन्टहरुको हकमा बेलुकी ९ बजे सम्म मात्र संचालन गर्न पाइने छ।

बिगत पन्ध्र दिन यताको अबस्थालाई मध्यनजर गर्दै आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

कोरोना संक्रमीत दर, दैनिक संक्रमीत संख्या र अस्पतालमा रहेका बिरामीको संख्यालाई आधार मानेर यो निर्णय गरिएको उनको भनाइ छ।

साथै सबैले स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न र गराउन पनि अनुरोध गरेका छन।
शुक्रवार सम्म चितवनमा सक्रिय संक्रमीत संख्या १ हजार २१८ रहेको छ भने ३३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : भदौ १९, २०७८, शनिवार ०६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८