भदौ १८,२०७८
नेपाली काँग्रेसले आज शुक्रवार देशभर वडा अधिवेशन गरेको छ । १४ औं महाधिवेशन लक्षित वडा अधिवेशन अधिकांश जिल्लामा शान्तिपुर्ण रुपमा चलिरहेको छ ।
केहि जिल्लामा विवादका कारण स्थगित हुन पुगेको अबस्था छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, २१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नभएकाले वडा अधिवेशन हुन सकेको छैन। बाँकी अधिकांश जिल्लामा आज शान्तिपुर्ण रुपमा भइरहेको छ ।। लमजुङ, तनहुँ, कास्की, मनाङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी, रुपन्देही, अर्घाखाँची,रुकुम पश्चिम, जुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम र कञ्चनपुरमा अधिवेशन जारी छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, मकवानपुर, भक्तपुर र गोरखामा वडा अधिवेशन भइरहेको छ । झापा, मुस्ताङमा १९ गते तथा दाङमा २० गते वडा अधिवेशन हुने तय भएको छ । त्यसै गरी २१ गते धनकुटा, सुनसरी, नुवाकोट, धादिङ, चितवन, बाग्लुङ, नवलपुर, ललितपुर, पाल्पा, सल्यान र मुगुमा अधिवेशन हुनेछ । गुल्मी, प्युठान, कालिकोट, दार्चुला र बैतडीमा २२ गते अधिवेशन हुनेछ ।
रोल्पा र रामेछापमा २३ गते अधिवेशन हुने केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म हुने १४ औं महाधिवेशन कार्यतालिका अनुसार शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन शुरु गरेको हो । केहि जिल्लामा क्रियाशील सदस्यको विवाद अझै कायम छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८